सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु

सारांश

  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।
  • दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।
  • दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

 

 तनहुँ , ११ जेठ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।

 

जिपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता
पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते
सप्तरीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन