पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु

सारांश

  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।
  • दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।
  • दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

 तनहुँ , ११ जेठ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।

जिपमा पाँच जना सवार थिए । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
भारतीय सुटर छुटाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ
कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता
कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता
कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ : अध्यक्ष प्रचण्ड
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ
कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ