मोरङमा टिपरको ठक्करबाट महिलाको मृत्यु
सारांश
- सुन्दरहरैँचा नगरपालिका-१० किस्ती पुलमा तीव्र गतिमा रहेको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको हो।
- प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२८प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ३:४० बजेतिर ठक्कर दिएको थियो।
- दुर्घटनामा परेर स्कुटर चालक महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
८ कार्तिक, विराटनगर : मोरङमा बिहीबार दिउँसो टिपरको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका-१० किस्ती पुलमा तीव्र गतिमा रहेको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको हो।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२८प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ३:४० बजेतिर ठक्कर दिएको थियो।दुर्घटनामा परेर स्कुटर चालक महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार अन्दाजी ३०-३२ वर्षीया महिलाको पहिचान खुल्न सकिरहेको छैन।
टिपरले ठक्कर दिएपछि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको जानकारी डीएसपी जोशीले दिए। अस्पताल पुर्याउनसाथ चिकित्सकले दिउँसो ४:३० बजेतिर मृत घोषित गरिदिएका हुन्।


प्रतिक्रिया