ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईले  केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् ।
  • विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
  • त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् ।

२३ असोज, काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले  केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् । विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् ।

प्रसाईंले लेखेका छन् ः

देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्टहरू र लुसिफरजस्ता विनाशकारी विचार बोकेका व्यक्तिहरूलाई देशबाट हटाउनु जरुरी छ। देशमा राजा, धर्म र संस्कृति नहुने हो भने त्यो देश दिशाहीन बन्छ। राजा राष्ट्रको प्रतीक हुन्, धर्म नैतिकताको आधार हो र संस्कृति हाम्रो पहिचान  जब यी तत्व हराउँछन्, जनतामा अनुशासन, एकता र सम्मान हराउँछ। जसरी खेतमा धान माड्दा मियो नभए धान खेर जान्छ, त्यसै गरी देशमा राजा, धर्म र संस्कृति नभए समाज बिखण्डित र मूल्यहीन हुन्छ। हाम्रो परम्परा, संस्कार र आस्था नै हाम्रो वास्तविक शक्ति हुन्। त्यसैले प्रहरीले भ्रस्टाचारमा संलग्न भएको आरोप उठेका गम्भीर प्रश्नहरूमाथि कडाइका साथ, निष्पक्ष र कानूनी छानबिन गरी जवाफदेही बनाउन आवश्यक छ। विशेष गरी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरू तुरुन्त पक्राउ गरेर तिनीहरुका विरुद्ध उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्दछ र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्छ — लिनुपर्ने कदम सम्झौतामुखी होइन, न्यायसम्मक हो।

साथै, शान्ति–सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी चौकी पोस्ट जलाउने, प्रहरीलाई निर्धात कुटपिट गर्ने र सिंहदरबारदेखि सर्वोच्च अदालतजस्ता ऐतिहासिक तथा संवैधानिक सम्पदामा आगो लगाउने जस्ता हिंसात्मक कार्यहरू हामी स्वीकार गर्न सक्दैनौं। यस्ता आपराधिक घटनामा संलग्नहरूलाई तुरुन्तै कानूनअनुसार कारबाही गरिनुपर्छ र कुनै प्रकारको अपवाद, छुट वा सहमति हुन सक्दैन , ऐतिहासिक सम्पदा नष्ट गर्ने गराउने कुनै पनि सच्चा  नेपाली हुन सक्दैन,नेपालीको प्रतिनिधित्व हुन सक्दैन। विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको  प्रयास कहिल्यै सफल हुँदैन, हुन दिइदैन , छठपछि बेवास्था परिबर्तनका लागि हुने  शान्तिपूर्ण महा(आन्दोलनमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध भएर देश भरिबाट राजधानी केन्द्रित  भयर शान्तिपूर्ण ढंगले सहभागी भएर आवाज उठाउन हार्दिक अपील गर्दछौं। हाम्रो आवाज साँच्चै न्याय र सँस्कृति बचाउने उद्देश्यले हुने छ । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
आज मन्त्रिपरिषद्को बैठक बस्दै
आज मन्त्रिपरिषद्को बैठक बस्दै
चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगन्ज जाँदै गृहमन्त्री लेखक
चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगन्ज जाँदै गृहमन्त्री लेखक
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास
अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार