थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ

सारांश

  • थाइल्याण्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।
  •   चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी नारायण अधिकारीले बताए ।
  • उनको साथबाट ब्यूरोको टोलीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको छ ।

२८ चैत,  काठमाडौँ ।

थाइल्याण्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।  चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी नारायण अधिकारीले बताए ।

उनको साथबाट ब्यूरोको टोलीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको छ । थाइल्याण्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने भूमिकामा रहेका थाइल्याण्ड घर भएर काठमाडौँमा बस्ने २४ वर्षीया चोनलादा निनचा तुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक थाइल्याण्डबाट ल्याएको गाँजा भारततर्फ लैजाने भूमिकामा थिए । सो समूहले नेपाल र भारतको बाटो प्रयोग गेरी खाडी मुलुकमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
त्रिशूली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह
त्रिशूली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
कतारविरुद्ध कुशल भुर्तेलको अर्ध शतक पूरा
कतारविरुद्ध कुशल भुर्तेलको अर्ध शतक पूरा
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
आज प्रतिनिधि सभा बैठक बस्दै
आज प्रतिनिधि सभा बैठक बस्दै