विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
८० पटक हेरिएको
Shares
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट

सारांश

  • मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् ।
  • मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् ।
  • उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे ।

सर्लाही । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् ।

उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए । आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताए ।

विवेक मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए। शरीरको ८५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राति करिब २ बजे उनको निधन भएको थियो ।

विवेकको निधनसँगै परिवार गम्भीर आर्थिक संकटमा परेको छ । परिवारमा उनकी श्रीमती, एक छोरा र एक छोरी छन् । परिवारका अनुसार गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ । उनका दाई बैदेशिक रोजगारीका लागि कतारमा छन् ।

यसैबिच, गोडैता नगरपालिकाले मण्डल परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रमुख देबेन्द्र यादवले तत्काल २५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको र नगरपालिकाको खाता सञ्चालनमा आएपछि बाँकी ७५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।

उनले आर्थिक संकटमा परेको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरिएको बताए । मण्डलको निधनपछि प्रदेश सरकार र स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएसँगै परिवारले दीर्घकालीन आर्थिक सहयोग, रोजगारी तथा ऋण व्यवस्थापनमा समेत राज्यको साथको अपेक्षा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान
सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्‌घाटन
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्‌घाटन
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त