भालुको आक्रमणबाट एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
५६ पटक हेरिएको
Shares
भालुको आक्रमणबाट एक जनाको मृत्यु

सारांश

  • सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन् ।
  • आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो।

 

१ मंसिर, सिन्धुली ।सिन्धुलीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन् ।

आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो। शुक्रबार गोपिलालसहित ७–८ जना बाख्रा खोज्न जंगल पुगेका थिए । सोही क्रममा भालुले गोपिलालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेर उनको गर्दनको हड्डी र हातको नाडी भाँचिन पुगेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमा मृत्यु भएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?