Press 4K
शनिबार, ९ श्रावण २०८३

पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकताको प्रवद्र्धनका लागि मार्गदर्शन बन्न सक्ने बताएका छन् ।
  • नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्म जयन्तीको अवसरमा उनले पृथ्वीनारायण शाहको दिव्योपदेशबाट देशमा सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन कायम गर्न सकिने बताए ।
  • उनले भने, ‘पृथ्वीनारायण शाहलाई सम्झदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ ।

 काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकताको प्रवद्र्धनका लागि मार्गदर्शन बन्न सक्ने बताएका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्म जयन्तीको अवसरमा उनले पृथ्वीनारायण शाहको दिव्योपदेशबाट देशमा सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन कायम गर्न सकिने बताए ।
उनले भने, ‘पृथ्वीनारायण शाहलाई सम्झदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ ।

उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेका छन् जसबाट सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, सँस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवद्र्धनका लागि मार्गदर्शन लिन सकिन्छ ।’ यस्तै, उनले वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको भन्दै यसलाई आधार बनाएर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको बताए ।
उनले भने, ‘पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
आज मौसम मुख्यतया सफा रहने
आज मौसम मुख्यतया सफा रहने
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन विभागको पहल
वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन विभागको पहल

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...