Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
  • बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ ।
  • सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

 

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग व्यापक रूपमा उठिरहेको छ ।

हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गरेका थिए । उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जाने प्रस्ताव अघि सारेका छन् । थापाको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
सुनको मूल्य ९०० रुपैयाँले वृद्धि
सुनको मूल्य ९०० रुपैयाँले वृद्धि
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
त्रिभुवन र कान्ति राजमार्ग दुईतर्फी सञ्चालन
त्रिभुवन र कान्ति राजमार्ग दुईतर्फी सञ्चालन
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि
संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै