सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
४८ पटक हेरिएको
Shares
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय

सारांश

  • दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए।
  • बैठकले बिपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

५ असोज , काठमाडौँ। दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए। बैठकले बिपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ। यस्तै, यातायात सुझाव सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतबाट भएका आदेश/फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरीपेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महाससंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ