बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

सारांश

  • साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ।
  • बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो।
  • यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए।

६ भदौ , । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्। बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरेका थिए। त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्रात पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए। बंगलादेशले ४२ मिनेटमा पेनाल्टीबाट गोल गर्‍यो। नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई डिबक्सभित्र लगाए पनि रेफ्रीले पेनाल्टी दिने निर्णय गरे। केही मिनेटअघि मैदान छिरेका इस्लामले पेनाल्टीमा गोल गर्न सफल भए। दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा नेपालका गोलकिपर जयरथ शेखले बंगलादेशका खेलाडीको हेडरलाई उत्कृष्ट बचाउ गरेपछि नेपालले खेल जितेको थियो।अब भारत र माल्दिभ्सबीच शुक्रबार हुने खेलपछि अर्को समूहबाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति
कुटपिट गरी श्रीमतीको हत्या
कुटपिट गरी श्रीमतीको हत्या
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
सुनसरी घटना : घाइते युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटना : घाइते युवकको उपचारका क्रममा मृत्यु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै