काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ६, २०८१
|
|
५२ पटक हेरिएको
Shares
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ

सारांश

  • लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् ।
  • आरोपीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

६ असार, काठमाडौँ । लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् । आरोपीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर जानकारी दिए । सो कोकिनको बजार मूल्य करिब १५ करोड ७६ लाख हुन्छ ।

६८ वर्षका डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर काठमाडौँ आएका हुन् । उनको पेटबाट प्रहरीले १ केजी २०६ ग्राम क्याप्सुल निकालेको छ । डोनाल्डको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।  बोलिभियन लाउर क्रुजले १२१ वटा कपडाको बटनमा लुकाएर २ किलो १ सय ग्राम कोकिन ल्याएकी हुन् ।

भेनेजुयलाका ३९ सिमोन पनि क्याप्सुल आकारका कोकिन निलेर ब्राजिलबाट काठमाडौँ आएका थिए । उनको साथबाट १ किलो १९८ ग्राम बरामद गरिएको छ । कोकिन खरिद गर्न आएको अवस्थामा भारतीय युवती पक्राउ परेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या
हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या
मलंगवामा साप्तहिक सरसफाई अभियानको सुरुवात।
मलंगवामा साप्तहिक सरसफाई अभियानको सुरुवात।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी
जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर
जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ