सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २०, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने

सारांश

  • सर्लाहीमा माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु हुने भएको छ।
  • जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अभियानअन्तर्गत जिल्लाभरका करिब ५१ हजार ७२४ किशोरीलाई खोप प्रदान गरिनेछ।
  • आईतवार जनस्वास्थ्य कार्यालय मलंगवामा आयोजित अभिमुखीकरण कार्यक्रममा अभियानका तयारीबारे जानकारी दिइएको थियो।

२० माघ, सर्लाही ।

सर्लाहीमा माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु हुने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अभियानअन्तर्गत जिल्लाभरका करिब ५१ हजार ७२४ किशोरीलाई खोप प्रदान गरिनेछ। आईतवार जनस्वास्थ्य कार्यालय मलंगवामा आयोजित अभिमुखीकरण कार्यक्रममा अभियानका तयारीबारे जानकारी दिइएको थियो।

जनस्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाका अनुसार जिल्लाका ५१९ खोप केन्द्रमार्फत १ हजार ३८ जना महिला स्वास्थ्य स्वयंसेविका र ५१९ जना खोप कार्यकर्ताको परिचालन गरिनेछ। खोप कार्यक्रम विद्यालय तथा समुदायमा सञ्चालन गरिनेछ। विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ४१ हजार ६३९ किशोरीलाई, भने विद्यालय बाहिर रहेका १० हजार ८५ किशोरीलाई महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीमार्फत खोप दिने योजना रहेको छ।

झाका अनुसार देशभर माघ २२ गतेदेखि अभियान सुरु भए पनि सरस्वती पूजाका कारण सर्लाहीसहित मधेश प्रदेशमा माघ २३ गतेदेखि मात्र अभियान थालनी गरिनेछ। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

जिल्ला समन्वय समितिका सभापति तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कौशलकिशोर सिंहले विगतका खोप कार्यक्रमहरू सफल भएकाले एचपिभी खोप अभियान पनि प्रभावकारी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा खोप समन्वय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अघि बढ्यो चलचित्र विधेयक
अघि बढ्यो चलचित्र विधेयक
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु
नेकपा एमालेको सचिवालय बैठक च्यासलमा सुरु