एमालेको ११ औं महाधिवेशन आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
५२ पटक हेरिएको
Shares
एमालेको ११ औं महाधिवेशन आज

सारांश

  • नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ ।
  • भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ ।
  • काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् ।

काठमाडौं ।

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ताहरु काठमाडौं उपत्यका आइसकेका छन् ।

जेनजी आन्दोलनका कारण सरकारबाट हट्न बाध्य भएको एमालेले तीन महिनापछि हुन लागेको महाधिवेशनलाई भव्य र सानदार बनाउने जनाएको छ । उदघाटन समारोहअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेर ती जुलुस सल्लाघारीमा पुगेर सभामा परिणत हुने छ । सल्लाघारीको उदघाटनपछि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ । सोही बन्दसत्रबाट एमालेले नयाँ नेतृत्व पनि चुन्ने छ । नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बन्दसत्रमा ईश्वर पोखरेलले छुट्टै डकुमेन्ट पेस गर्ने तयारी गरेका छन् । हिजो बेलुका बसेको एमाले सचिवालय बैठकले पोखरेललाई डकुमेन्ट पेस गर्न दिने तर त्यसमा छलफल नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको विहारबाट ७ जना नेपालीको उद्यार
भारतको विहारबाट ७ जना नेपालीको उद्यार
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
पत्रकार महासंघ चुनाव : पाँचवटा संगठनको साझा उम्मेदवार बने प्रेस सेन्टरका कमल गिरी
पत्रकार महासंघ चुनाव : पाँचवटा संगठनको साझा उम्मेदवार बने प्रेस सेन्टरका कमल गिरी
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड
एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड