सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
३१८ पटक हेरिएको
Shares
सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ

सारांश

  • सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।
  • जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् ।

 

३ जेठ, काठमाडौं ।

सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो ।जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो ।

तामाङ उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् । यसपटक भागेको तीन दिनमै पक्राउ परेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?