जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा

सारांश

  • पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।
  • काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो ।
  • कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिमका जनतालाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताए ।

१९ कात्तिक, काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिमका जनतालाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताए । जाजरकोट जाने बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताए । कम्पनीले दुःखद् अवस्थामा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रुले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौँ– ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०,मुग्लिन-९८४५४७२३८४ दमौली -९८५६०८९१८० र ९८५६०३६६६४ र पोखरा- ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल
समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार