नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
६८ पटक हेरिएको
Shares
नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात

सारांश

  • नेपालमा उत्पादन हुने विभिन्न सामान विदेश निर्यात हुनु स्वाभाविक हो ।
  • तर, सुन्दा अचम्म लाग्छ, नेपालमै उत्पादन नहुने ‘हेभी इक्विपमेन्ट’ निर्यात भएको देखिएको छ ।
  • भन्सार विभागका अनुसार यस वर्ष नेपालबाट अफगानिस्तानमा कुल ७२ थान बुल्डोजर निर्यात भएको छ ।

२१ मंसिर, काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न सामान विदेश निर्यात हुनु स्वाभाविक हो । तर, सुन्दा अचम्म लाग्छ, नेपालमै उत्पादन नहुने ‘हेभी इक्विपमेन्ट’ निर्यात भएको देखिएको छ । भन्सार विभागका अनुसार यस वर्ष नेपालबाट अफगानिस्तानमा कुल ७२ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम ३२ करोड १९ लाख २३ हजार रुपैयाँ बराबर छ ।

उनका अनुसार नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गर्छ ।चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालबाट अफगानिस्तानमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३३११.२३ प्रतिशत धेरै वस्तु निर्यात भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार नेपालबाट वस्तु निर्यात हुने देशमध्ये अफगानिस्तान १३औं स्थानमा उक्लिएको छ । पहिलो स्थानमा भारत छ ।

यस वर्ष कुल ५२ अर्ब ६७ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएकोमा अफगानिस्तानमा मात्र ३३ करोड बराबर निर्यात भएको छ । गत आव यसै अवधिमा अफगानिस्तानमा १ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । यस प्रकार अफगानिस्तानमा नेपालबाट जाने सामान ३३११.२३ प्रतिशतले बढेको देखिएको छ ।यसबाहेक यस वर्ष औषधि समेत अफगानिस्तानमा निर्यात भएको देखिन्छ । गत वर्ष यी वस्तु अफगानिस्तानमा निर्यात भएको तथ्यांकमा देखिँदैन । गत वर्ष यसै अवधिमा नेपालबाट तीन थान बोरिङ मेसिन निर्यात भएको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व
नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
रास्वपाले बोलायो संसदीय दल बैठक
रास्वपाले बोलायो संसदीय दल बैठक
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू
प्रधानमन्त्रीको निर्देशनः सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेलाई अर्को पटक नबोलाउनू