लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
३४० पटक हेरिएको
Shares
लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

सारांश

  • सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ ।
  •  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् ।
  •  समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुमवासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिए ।

३१ वैशाख, काठमाडौं ।

सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुमवासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिए ।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपूर्जा वितरण गरिने सरकारको लक्ष्य छ । शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ । यसका साथै, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रवन्ध मिलाइएको सरकारी पक्षको दाबी छ ।

‘काठमाडौंको सन्दर्भमा होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको छ,’ ढकालले भने, ‘उहाँहरूले लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी छ र यसका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ ।’ सरकारले प्रश्तुत गरेको विवरण र कार्यप्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते