दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
१४४ पटक हेरिएको
Shares
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदन माथि छलफल गर्न नेताहरुलाई डाकेका छन् ।
  • मंगलबार बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् ।
  • उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई देउवाले डाकेको कांग्रेसका एक नेताले जानकारी गराएका छन् ।

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदन माथि छलफल गर्न नेताहरुलाई डाकेका छन् ।

मंगलबार बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् ।उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई देउवाले डाकेको कांग्रेसका एक नेताले जानकारी गराएका छन् । दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको उनले जानकारी दिए । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरु माथि छलफल भइरहेको छ ।गत फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जित सहित पारित गर्ने निर्णय गरेर प्रतिवेदनको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई दिएको छ । जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । ‘पार्टी संगठन र समर्थक-शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं,’ थापाको प्रतिवेदनमा भनिएको छ । थापाको प्रस्तावमा गठबन्धनको विषय उल्लेख नभएपनि देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको बताउँदै आएका छन् ।महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ । प्रदेशमा ‘मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटकभन्दा बढी हुन नपाउने महामन्त्रीको प्रस्ताव छ । ‘कांग्रेसले यो पद्धति अनुशरण आफूले गर्नेछ र संवैधानिक बन्दोबस्तका लागि प्रस्ताव गर्नेछ’ उनले प्रतिवेदनमा लेखेका छन् । शर्माले प्रतिवेदनमा उल्लेख गरेको पदावधिको देउवा पक्षका नेताहरुले विरोध गरेका छन् । २३ साउनदेखि बसिरहेको केन्द्रीय समिति बैठक १२ भदौमा सकिँदैछ । बैठकमा सभापति, उपसभापति र महामन्त्री गरी पाँच जना बोल्न बाँकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
मन्त्रिपरिषदले केके गर्‍यो १७ वटा निर्णय
मन्त्रिपरिषदले केके गर्‍यो १७ वटा निर्णय
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं
अमरेशलाई आचार्य श्रीनिवासको आरोप : तपाईँ रास्वपा भाँड्न आउनुभएको ‘स्वाँठ’ हो
अमरेशलाई आचार्य श्रीनिवासको आरोप : तपाईँ रास्वपा भाँड्न आउनुभएको ‘स्वाँठ’ हो
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन