अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

सारांश

  • रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
  • पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
  • काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए ।

४ भदौ, रामेछाप।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए । एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि  बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेको उनले बताए ।

माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा  पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो । सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट