आज यी ६५ जिल्लामा बाढीको जोखिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
आज यी ६५ जिल्लामा बाढीको जोखिम

सारांश

  • महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार सिन्धुपाल्चोकसहित १५ जिल्लामा उच्च सतर्कता र काठमाडौँसहित ५० जिल्लामा सतर्कता अपनाउन आवश्यक छ।
  •   बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुन सक्ने अनुमान छ।
  • महाशाखा भन्छ- उच्च सतर्कता अपनाइराखौँ।

 

२३ साउन, काठमाडौँसहित देशका ६५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार सिन्धुपाल्चोकसहित १५ जिल्लामा उच्च सतर्कता र काठमाडौँसहित ५० जिल्लामा सतर्कता अपनाउन आवश्यक छ।  बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुन सक्ने अनुमान छ। महाशाखा भन्छ- उच्च सतर्कता अपनाइराखौँ।

यस्तै आज तेह्रथुम, धनकुटा, इलाम, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रसुवा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, धादिङ, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही नदीमा पनि बहाव बढ्ने सम्भावना छ। सचेत गराउँदै बाढी महाशाखाले अगाडि भनेको छ- नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ