सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
५९ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् ।
  • आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो ।
  • सो अवसरमा ‘टंकमणि ः एक क्रान्तिबीज’ पुस्तकको विमोचन पनि गरिएको छ ।

१५ भदौ, बुटवल ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा ‘टंकमणि ः एक क्रान्तिबीज’ पुस्तकको विमोचन पनि गरिएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको योगदान महत्वपूर्ण रहेको स्मरण गरे  । उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए । प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको स्मरण गरे  ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए । उनले उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको र परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरले कदर गरेको जिकिर गरे ।

कार्यक्रममा पार्टीका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेता–कार्यकर्ताको उपस्थिति थियो । स्व. टंकमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
१ हजार दरको नयाँ डिजाइनको बैंकनोट आजदेखि बजारमा, यस्ता छन् विशेषता
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ
​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ