सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

सारांश

  • सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ ।
  • जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
  • दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ ।

 

८ कार्तिक, सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी अहिले वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो ।

अस्पतालले उनलाई मृत घोषणा गरिदियो । यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएका उनले बताए । अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।  २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको विश्वकर्माले रातोपाटीलाई बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?