Press 4K
शुक्रबार, १६ आश्विन २०८३

आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २०, २०८२
|
|
२१४ पटक हेरिएको
Shares
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन समिति गठन

सारांश

  • आगामी आर्थिक वर्ष (आव) २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ ।
  • सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्‍मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको हो ।
  • यस समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

२० चैत, काठमाडौं ।

आगामी आर्थिक वर्ष (आव) २०८३÷८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्‍मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको हो ।

यस समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । यसका साथै, संघीय संसद्‍को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य कार्यभार पनि यसै समितिको कार्यक्षेत्रभित्र तोकिएको छ । समितिको संरचनामा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ । जसमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् । यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश र विकासका लक्ष्यहरूलाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने
भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल
नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल
दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...