Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय

सारांश

  • वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बने ।
  • सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको शिक्षा मन्त्री बनेका उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार शपथ लिए ।
  • सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै थिए ।

६ असोज, काठमाडौं ।

वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बने । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको शिक्षा मन्त्री बनेका उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार शपथ लिए । सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै थिए । दुई दिनअघि काठमाडौं आएका पुन आविष्कारका लागि आर्थिक जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए । आफ्नै पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बोकेर उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् ।

‘काठमाडौंमा आजदेखि महावीर पुनको हस्ताक्षर सहितको किताब किन्न चाहनेहरू राष्ट्रिय आविष्कार केन्द्रमा (त्रिभुवन विश्व विद्यालय, कीर्तिपुर) आउनुहोस्,’ आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । देशका विभिन्न जिल्लामा पुगेर माइकिङ गर्दै आफ्नो पुस्तकबारे जानकारी गराउँदै उनले बिक्री गरिरेहका थिए । स्थानीयले पनि पुनको किताब किनेर सहयोग र साथ दिएका थिए । पुस्तक बेचेर प्राप्त आम्दानीले  कृषि औजार निर्माण गर्ने उनको योजना छ । तिहारपछि पूर्वी नेपालको पहाडी जिल्लामा किताब बेच्न जाने योजना उनको थियो । तर उनी मन्त्री भएका छन् । र, उनको भूमिका फेरिएको छ । युवाका सारथी महावीर पुन युवाहरूको सारथी हुन् । नेपालमै केही गर्छु भन्ने युवा वैज्ञानिकलाई उनले साथ दिने गरेका छन् । युवाकै लागि भनेर उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको परिसमा आविष्कार केन्द्र स्थापना गरेका हुन् । बच्चालाई न्यानो बनाउने ‘बेबी वार्मर’, फूल फुल्ने ठाउँहरूमा मौरीलाई ओसार्न ‘ट्रली’ निर्माण पनि पुनको आविष्कार केन्द्रबाट भएको छ ।

उद्योग, बैंक र अस्पतालका लागि सर्भिस रोबोट । फलफूल सुकाउने सोलार ड्राइयर, गाडी धुने मेसिन, सेल रोटी पकाउने मेसिन,  फोहोर संकलन गर्ने मेसिन, बाँदर धपाउने मेसिन पनि उनले आविष्कार केन्द्रबाट अगाडि बढाइएको योजनाहरू हुन् । कोरोना कालका पीपीई, फेससिल्ड, आइसोलेसन हुड, नर्सिङ रोबोट, स्वाब कलेक्सन बक्स, कोरोनाबाट मृतकको शव राख्ने बाकस पनि उनको केन्द्रले बनाएको थियो । पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा उच्च शिक्षा अध्ययन गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा काम गरेका पुनले ‘रोमन म्यागासेसे अवार्ड’ पाएका छन् ।  नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याएका पुनले सन् २००७ सलामा एसियाको नोबेल पुरस्कारको रूपमा चिनिने म्यागासेसे पुरस्कार पाएका हुन् ।  सन् २०१४ इन्टरनेट सोसाइटीले पनि जोनाथन बी पोस्टल अवार्ड पुनलाई दिएको छ । ‘नेपाल वायरलेस नेटवर्क’ परियोजना स्थापना गरी ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पुनलाई अवार्ड दिइएको हो । ग्राउँमा तारविहीन इन्टरनेट महावीरका कारण ग्रामीण वस्तीका मानिसले स्वास्थ्य उपचार, पढाइ, सञ्चारलगायतका सुविधा उपयोग गर्न पाएका छन् । म्याग्दीमा उनले आफ्नै खर्चमा इन्टरनेट सेवा पुर्‍याएका थिए । उनले  तारविहीन इन्टरनेटको सुरुवात गरेका थिए । उनी म्याग्दीको राम्चे, नागीका बासिन्दा हुन् ।

अमेरिकाको नेब्रस्का विश्वविद्यालयबाट उनले उच्च शिक्षा प्राप्त गरेका छन् । छात्रवृत्तिमा उनी पढ्न अमेरिका गएका हुन् । तर उनी अमेरिका बस्न चाहेनन् । नेपाली माटोमै केही गर्ने सोच बनाएर फर्किएका पुनले आफू जन्मिएको गाउँमा विद्यालय खोले । उनै पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाए । विज्ञान प्रविधिमा पर्याप्त लगानी नभएको गुनासो पुनले गर्ने गरेका थिए । सधैं  सत्तालाई प्रश्न गर्ने पुन अब आफैं उत्तर दिने ठाउँमा पुगेका छन् । व्यंग्यात्क रूपमा मन्त्री पुनले आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भनेर टिप्पणी गरेका छन् । उनको आविष्कार केन्द्र सँघुरो ठाउँमा कवाडी कारखाना जस्तो रहेको भनेर टिप्प्णी हुने गरेकाले उनले पनि व्यंग्यात्मक ढंगमा भनेका हुन् । ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,’ उनले भनेका छन् । मन्त्री पुनले ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया मागेका छन् । ‘कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला,’ उनले भने । यो सरकार चुनाव गराउने अन्तरिम सरकार भएकाले उनले ५ महिनामा गर्न सकिने कामको योजना मात्र मागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना
खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना
नेपाली सेनामा पुजारीदेखी भिडिओग्राफर सम्म ३८८ कर्मचारी माग
नेपाली सेनामा पुजारीदेखी भिडिओग्राफर सम्म ३८८ कर्मचारी माग
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु
गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ