नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै

सारांश

  • निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आइतबार सकिँदै छ ।
  • आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तोकेको समय अविधि आज साँझ सकिँदैछ ।
  •   यद्यपि, आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।

३० कात्तिक, काठमाडौँ।

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आइतबार सकिँदै छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तोकेको समय अविधि आज साँझ सकिँदैछ ।  यद्यपि, आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ ।

निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको छ । जम्मा सङ्ख्याको टुङ्गो आज साँझ लाग्ने छ । यसैगरी, आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।
मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।
शनिबार घटेको विदेशी मुद्राहरूको विनिमयदर आज कति?
शनिबार घटेको विदेशी मुद्राहरूको विनिमयदर आज कति?
६ वटा संसदीय समितिको बैठक आज बस्दै
६ वटा संसदीय समितिको बैठक आज बस्दै
जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता
जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
कान्तिलोकपथ सडक अवरुद्ध
कान्तिलोकपथ सडक अवरुद्ध
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग