सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
२७९ पटक हेरिएको
Shares
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ

सारांश

  • रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् ।
  • सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको बताए ।
  • उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए ।

 

२७ चैत, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् । सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको बताए । उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए ।

त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र ? सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सहि निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केहि होइन ।

उनले ज्ञानेन्द्र शाही आफ्नो सधैंको साथी भएको भन्दै अन्य राजनीतिक सहकार्य बाँकी नै रहेको जिकिर गरे । ‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
डिसहोम क्रिकेटको उपाधी राजश्रीलाई
डिसहोम क्रिकेटको उपाधी राजश्रीलाई
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
आज विश्व रेडक्रस दिवस मनाइँदै
आज विश्व रेडक्रस दिवस मनाइँदै
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै
आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल
अहिलेकै नेतृत्व र विचार रहिरहे एमाले पार्टी ध्वस्त हुन्छ: झलनाथ खनाल