रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
२६४ पटक हेरिएको
Shares
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ

सारांश

  • रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् ।
  • सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको बताए ।
  • उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए ।

२७ चैत, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् । सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको बताए । उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए ।

त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र ? सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सहि निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केहि होइन ।

उनले ज्ञानेन्द्र शाही आफ्नो सधैंको साथी भएको भन्दै अन्य राजनीतिक सहकार्य बाँकी नै रहेको जिकिर गरे । ‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
आज यी पाँच प्रदेशका ११ जिल्ला र आसपास तीव्र वेगको हुरी चल्ने सम्भावना
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने प्रतिपक्षको चेतावनी
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने प्रतिपक्षको चेतावनी
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या