प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया

सारांश

  • प्रधानन्यायाधीश राउत बिहीबार (असोज २४ गते) राति क्वालालम्पुर प्रस्थान गर्दै छन्।
  • उनी असोज २८ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
  • एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा भाग लिन उनी मलेसिया जान लागेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

 

२९ असोज , प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको नेतृत्व सम्हालेपछिको आफ्नो पहिलो विदेश भ्रमण मलेसिया गर्ने भएका छन्।प्रधानन्यायाधीश राउत बिहीबार (असोज २४ गते) राति क्वालालम्पुर प्रस्थान गर्दै छन्। उनी असोज २८ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा भाग लिन उनी मलेसिया जान लागेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल र रजिस्ट्रार विमल पौडेल हुनेछन्। मलेसियाको सर्वोच्च अदालतले आयोजना गर्न लागेको सम्मेलनमा न्यायालयमा सूचना प्रविधिको प्रयोग लगायत समग्र सुधारका विषयमा छलफल तथा अनुभव आदानप्रदान हुने रजिस्ट्रार पौडेलले  जानकारी दिए। राउतले असोज २० गते प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन्।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?