Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १, २०८१
|
|
५५ पटक हेरिएको
Shares
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का

सारांश

  •  मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो।
  • यो सबस्टेशन ३९ महीनाभित्र निर्माण गरिनेछ।
  • निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेशन नेपालकै ठूला सबस्टेशनमध्ये एउटा हुनेछ।

 

१ असार, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो।

यो सबस्टेशन ३९ महीनाभित्र निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेशन नेपालकै ठूला सबस्टेशनमध्ये एउटा हुनेछ। पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेशनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए नेपालले जनाएको छ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन्। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सबस्टेशनमध्ये एमसीए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो।

नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्त्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्त्वपूर्ण उपलब्धि हुने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। त्यस्तै, तीन वटा सबस्टेशनमध्ये दोस्रो रातमाटे सबस्टेशन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकाले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिनपर्ने एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले बतार्ए।

“आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौं,” उनले भने। एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले अमेरिकी सरकारको एमसीसी र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसीए नेपालले सबस्टेशन र प्रसारण लाइन निर्माण सम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको बताए। दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेशनको निर्माण सम्झौता पनि चाँडै नै हुने उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
आज चार वटा संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?
आज चार वटा संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ