मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
४७ पटक हेरिएको
Shares
मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?

सारांश

  •   चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको स्नातकोत्तर तह पीजीतर्फ (एमडी, एमएस, नर्सिङ्ग) लगायत विषयका लागि सिट निर्धारण गरेको छ।
  • आयोगले आगामी शैक्षिक सत्रका लागि २ हजार ३० सिट निर्धारण गरेको हो।
  • जसमा सरकारी मेडिकल कलेजले १ हजार ३१ सिट पाएका छन् भने निजी मेडिकल कलेजले ९ सय ९९ सिट पाएका छन्।

१५ मंसिर, काठमाडौं । 

चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको स्नातकोत्तर तह पीजीतर्फ (एमडी, एमएस, नर्सिङ्ग) लगायत विषयका लागि सिट निर्धारण गरेको छ। आयोगले आगामी शैक्षिक सत्रका लागि २ हजार ३० सिट निर्धारण गरेको हो। जसमा सरकारी मेडिकल कलेजले १ हजार ३१ सिट पाएका छन् भने निजी मेडिकल कलेजले ९ सय ९९ सिट पाएका छन्। देशभर १८ सरकारी र २७ निजी मेडिकल कलेजले पीजी तहको पठनपाठन गर्दै आएका छन्। गत वर्षभन्दा सरकारीमा केही सिट बढेको र निजीमा केही सिट घटेको आयोगले जनाएको छ।

सरकारीतर्फ सबैभन्दा बढी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले २ सय ४५ सिटको कोटा पाएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ सय ४ सिट तोकिएको छ। महाराजगन्ज क्याम्पस (शिक्षण अस्पताल) मा १ सय १८ सिट निर्धारण गरिएको छ। यस बर्षदेखि चिकित्सा  शिक्षाको पठनपाठन सुरु  गरेको सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायले दुई सिट पाएको छ। त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा ४ सिट तोकिएको छ।  निजीतर्फ सबै भन्दा बढी काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालले १२७ सिट पाएको छ। चितवन मेडिकल कलेजले ८९,नेशनल मेडिकल कलेजले ८१, काठमाडौँ मेडिकल कलेजले ५८ सिट पाएका छन्। आयोगले आइतवार २६ औँ बैठक राखेर सिट निधारण गरेको जनाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा
ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला
ललितपुर र काठमाडौंमा तीन जनाको शव फेला
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल