Press 4K
मंगलबार, ५ जेठ २०८३

गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
१९ पटक हेरिएको
Shares
गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ ।
  • वैठकमा प्रारम्भिक समीक्षा पेस गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको बताए ।
  • उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको ठहर गरेका हुन् ।

 

६ चैत,काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ । वैठकमा प्रारम्भिक समीक्षा पेस गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको बताए । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको ठहर गरेका हुन् ।

उनले गुटबन्दीको यस्तो चित्र सबैजसो दलहरुमा रहेको जसका कारण मतदातामा वितृष्णा जगाएको बताएका छन् । उनले कतिपय जायज आवाजहरुलाई पनि पार्टीले नजरअन्दाज गर्दा निर्वाचनको नतिजा प्रतिकूल हुन पुगेको बताएका छन् । पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषयमा छलफल र निर्णय लिन शुक्रबार कांग्रेस केन्द्रीय समितिको वैठक बसेको हो ।

सो क्रममा शर्माले सभापति थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका थिए । उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए। प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पु¥याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ ।  विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,’ उनले भनेका छन,‘त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’

उपसभापति शर्माले राजीनामाका विषयमा सात कारणसमेत खुलाएका छन्। उनले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको बताए। उनले प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताए। प्रतिवेदन पेस भएपछि थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको जानकारी गराइयो । सहमहामन्त्री बहादुर सिंह लामाले सभापति थापाको राजीनामा अस्वीकृत भएको पत्रकारहरुलाई जानकारी दिएका छन् । साथै बैठक आइतबार विहान ८ बजे बस्नेगरी सकिएको पनि केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...