बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु

सारांश

  • राप्तीसोनारी-४ बैजापुरका शिक्षक शिक्षक अजय थारूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
  •  कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा बुधबार राति दुई मोटरसाइकल आपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको थियो।
  • दुर्घटनामा परी गम्भीर घाइते भएका राप्तीसोनारी- ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नम्बर ३ निवासी १९ वर्षीय वसन्त थारुको त्यबेलै मृत्यु भएको थियो।

४ असोज, बाँकेमा दुई   मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। राप्तीसोनारी-४ बैजापुरका शिक्षक शिक्षक अजय थारूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा बुधबार राति दुई मोटरसाइकल आपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको थियो।दुर्घटनामा परी गम्भीर घाइते भएका राप्तीसोनारी- ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नम्बर ३ निवासी १९ वर्षीय वसन्त थारुको त्यबेलै मृत्यु भएको थियो। मृतक रामशरण शिक्षक हुन्।  रामशरणले चलाएको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवैजना गम्भीर घाइते भएका थिए। दुवैको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका- ४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु गम्भीर घाइते भएका थिए।  घाइते दुवैको अवस्था चिन्ताजनक रहेको र उनीहरुको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन
सुन तस्कर र सहकारी ठगलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै