मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१०४ पटक हेरिएको
Shares
मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृ*त्यु

सारांश

  • मुगुको मुगुम कार्मारोङ गाउँपालिका-५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ।
  • स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको थियो ।
  • गए राति ढुङ्गासहित आएको पहिरोमा परेर तीन वर्षीय रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

९ साउन, हुम्ला ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका-५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको थियो ।

गए राति ढुङ्गासहित आएको पहिरोमा परेर तीन वर्षीय रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बुवा-आमा जगनाथ र सृजनालाई पनि सामान्य चोट लागेको छ। उनीहरूले पुलु स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। करिब २०० मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ । घटनास्थल आसपासका थप आठ घरसमेत जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाले बताए। उक्त स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्री कमाण्डमा ७ जनासहित छायल प्रहरी चौकीबाट ६ जनाको टोली घट्नास्थलतर्फ हिँडेको छ भने पुलुमा रहेका प्रहरी र स्थानियहरुले अहिले उद्धार गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा
आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री