एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ७, २०८०
|
|
३२ पटक हेरिएको
Shares
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
  • यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
  • चैत १५ गतेदेखि शुरू भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा.

७ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि शुरू भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ५ लाख ४ हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए । पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौं जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए । ‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा शुरू हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ’, उनले भने । परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए । उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

जापानमा रहेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यस वर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष १/१, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।  परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने उनले बताए । परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो
थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्
एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
न्याय परिषद्ले गर्‍यो ६ जना जिल्ला न्यायाधीश सिफारिस
न्याय परिषद्ले गर्‍यो ६ जना जिल्ला न्यायाधीश सिफारिस
बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै
बागमती प्रदेशसभाको बैठक आज बस्दै, सभामुख चयन अन्योलमै