रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गरेका छन् ।
  • सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि गठन हुने रास्वपा सरकारले देशमा भएका ठुला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने स्पष्ट पारे ।
  • त्यसका लागि देशभरबाट रास्वपाका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मतदातालाई सही निर्णय गर्न आग्रह गरे ।

१२ फागुन, हेटौँडा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गरेका छन् । सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि गठन हुने रास्वपा सरकारले देशमा भएका ठुला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने स्पष्ट पारे । त्यसका लागि देशभरबाट रास्वपाका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मतदातालाई सही निर्णय गर्न आग्रह गरे ।

‘देशमा भएका ठुला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नपर्छ,’ उनले भने, ‘निर्णय र फैसलाको दिन फागुन २१ गते नै हो । तपाईँहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ। रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ ।’ जेनजी आन्दोलनको क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा जलेको पैसाको प्रसङ्ग उल्लेख गर्दै लामिछानेले त्यसलाई अकाट्य प्रमाणको रूपमा प्रस्तुत गरे । लामिछानेले विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने र विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने दाबी गरे। निर्वाचन मिति सार्ने चर्चा चलिरहेको सन्दर्भमा उनले कुनै पनि बहानामा चुनाव नरोकिने स्पष्ट पारे। ‘लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हो,’ उनले भने, ‘जनता मत हाल्न तयार छन्। कुनै पनि दलले निहुँ खोज्ने काम गर्नु हुँदैन। रास्वपाले जस्तोसुकै मत परिणाम आए पनि स्वीकार गर्छ-एक नम्बर आए एक नम्बर, शून्य आए शून्य, हामीलाई स्वीकार्य छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा महाधिवेशनः मतदान भोलि
रास्वपा महाधिवेशनः मतदान भोलि
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने