Press 4K
शनिबार, ९ श्रावण २०८३

विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
४४ पटक हेरिएको
Shares
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

सारांश

  • आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ ।
  • चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो।
  • सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्।

 

२१ माघ, काठमाडौं ।

आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो। सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रनआउट भएपछि नेपाल दबाबमा परेको थियो। त्यसपछि मैदानमा आएका आरिफ शेख र पहिलेबाट क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरीले संयमित र आक्रामक ब्याटिङको उत्कृष्ट संयोजन प्रस्तुत गरे । आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रन बनाए भने दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकासहित नटआउट ५० रन जोडे।

नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै १८ बल बाँकी छँदै खेल समाप्त ग¥यो। यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए। नेपालका बलरहरू प्रभावशाली देखिए। करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे। विश्वकपअघि मध्यक्रमले देखाएको धैर्य र जिम्मेवारीपूर्ण प्रदर्शन नेपाली टोलीका लागि सकारात्मक संकेत मानिएको छ। अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ भने विश्वकपको पहिलो आधिकारिक खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना
अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...