स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १५, २०८०
|
|
४५ पटक हेरिएको
Shares
स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा

सारांश

  • स्थानीय सरकारहरुले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक संशोधनको माग गरेका छन् ।
  • ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्ने प्रावधानहरु रहेको गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिकाले संघले बताएका छन् ।
  • सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक, सचेतक तथा सांसदहरुलाई विधेयकमा २७ वटा दफामा गर्नुपर्ने संशोधन जानकारी गराएका छन् ।

१५ असोज, काठमाडौं । स्थानीय सरकारहरुले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक संशोधनको माग गरेका छन् ।

‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्ने प्रावधानहरु रहेको गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिकाले संघले बताएका छन् । सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक, सचेतक तथा सांसदहरुलाई विधेयकमा २७ वटा दफामा गर्नुपर्ने संशोधन जानकारी गराएका छन् ।

के–के संशोधन चाहेका छन् ?

संघ/महासंघले विधेयकको नाममै असन्तुष्टि जनाएका छन् । अहिलेको नामको साटो ‘विद्यालय शिक्षाको मापदण्डसम्बन्धी विधेयक’ राख्नुपर्ने उनीहरुको प्रस्ताव छ । विद्यालयको परिभाषामा आधारभूत वा माध्यामिक विद्यालयको स्थापना र सञ्चालन स्थानीय कानुन बमोजिम हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय अधिकारी, स्थानीय तहले तोकेको शिक्षा विशेषज्ञ एक जना, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाको प्रमुख सदस्यसचिव सहित ४ सदस्ययी टोलीले सार्वजनिक विद्यालयको प्रधानाध्यापक छनोट गर्नुपर्ने माग पालिकाहरुले राखेका छन् ।

संसदमा विचाराधीन विधेयकको दफा १६ को उपदफा २ मा सार्वजनिक विद्यालयको प्रधानाध्यापकको छनोट जिल्ला शिक्षा कार्यालयको प्रमुख, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहेको छनोट समितिले गर्ने व्यवस्था छ । यस्तै स्थानीय सरकारहरुले सार्वजनिक विद्यालयको व्यवस्थापन समितिमा जनप्रतिनिधि, सरकारी कर्मचारी, निजी विद्यालयका सञ्चालक वा अभिभावक सार्वजनिक विद्यालयको अभिभावक बन्न नसक्ने व्यवस्था गर्ने पर्ने माग राखेका छन् ।

विधेयकको दफा १७ मा रहेको विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्थामा स्थानीय कानुन बमोजिम हुुनुपर्ने पालिकाको माग छ ।

दफा २१ को शिक्षा विभाग र दफा २२ को शिक्षा कार्यालयसम्बन्धी व्यवस्था पुरै हटाउनुपर्ने माग गरेका स्थानीय सरकारहरुले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने शिक्षाको काम कारबाहीका लागि संरचना थप नगर्न आग्रह गरेका छन् ।

दफा २३ को उपदफा २ को राष्ट्रिय पाठ्यक्रम परिषद्को व्यवस्थापनमा प्रदेश सरकारको शिक्षा मन्त्रालयको सचिव, नगरपालिलका संघ, गाउँपालिका महासंघका प्रतिनिधि थप्नुपर्ने उनीहरुको माग छ । पाठ्यक्रम विकास केन्द्रको पुरै दफा हटाउनुपर्ने, राष्ट्रिय परीक्षा बोर्डमा प्रदेश सरकारको शिक्षा मन्त्रालय र स्थानीय तहको प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग गरेको छ । ४१ दफामा रहेको शिक्षकको पद र श्रेणी विभाजन तथा शिक्षक तथा विद्यार्थीको अनुपात र शिक्षक दरबन्दीसम्बन्धी अन्य व्यवस्था हटाउनुपर्ने माग गरेका छन् ।

दफा ५९ मा शिक्षकले पाउने बिदाको मापदण्ड मात्रै बनाउन र निर्धारण स्थानीय कानुनले गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

दफा १४६ को उपदफामा १ मा अध्यापन अनुमति पत्र विना सार्वजनिक, निजी, गुठी लगायत कुनैपनि विद्यालयमा अध्यापन गर्न नपाउने व्यवस्था छ । यसमा संशोधन गरेर स्थानीय तहको कानुन बमोजिम योग्यता परीक्षाबाट अस्थायी अध्यापन अनुमती पत्र दिन सक्ने बुँदा विधेयकमा थप्न भनेको छ ।

गाउँपालिका महासंघ र नगरपालिका संघले दफा १६१ को उपदफा २ अन्तर्गतको ४ वटा बुँदा हटाउन माग गरेका छन् । विद्यालय स्थापना, कक्षा थप अनुमती स्थानीय तहको अधिकार, शैक्षिक गुठीको विषय प्रदेश सरकारको अधिकार, विद्यालय कोषको सञ्चालन र लेखापरीक्षण स्थानीय तहको अधिकार, सम्पती सरंक्षण र प्रयोग स्थानीय तहको अधिकार भएको उनीहरुको तर्क छ ।

राष्ट्रिय किताबखानाको अभिलेखमा शिक्षक नराखेर प्रदेश सरकारलाई दिनुपर्ने स्थानीय तहले माग गरेको छ । नगरपालिका संघ र गाउँपालिका महासंघले प्रतिनिधि सभाका सबै सांसदहरुलाई विद्यालय शिक्षा ऐनमा स्थानीय तहको अधिकार हस्तक्षेप भएको विषय बुझाउने तयारी गरेको छ ।

दलहरु भन्छन् – संघीयता विरोधी ऐन आउँदैन

छलफलमा सहभागी भएका प्रतिनिधि सभाका सदस्यहरुले संघीयताविरोधी ऐन नआउने बताएका छन् । सत्ता पक्ष र प्रतिपक्षमा रहेका मुख्य सचेतक, सचेतक र सांसदहरुले ऐनमा रहेका संघीयता विरोधी बुँदाहरु हटाउने बताएका हुन् । सत्तारुढ माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले संघीयता अनुसार शिक्षा ऐन आउने बताए । माओवादीकै सांसद माधव सापकोटाले सरकारले सरोकारवालाहरुसँग छलफल नगरी खुसुक्क ऐन ल्याएको भन्दै कानुन निर्माणमा सरकारका उल्टो बाटोमा हिँडेको बताए । ऐनले संघीयतालाई उल्टाउन खोजेको भन्दै उनले संविधान बाझिने गरी जानै नहुने बताए ।

माओवादी सांसद छिरिङ लामाले स्थानीय तहको अधिकार मिच्ने गरी जिल्ला शिक्षा समन्वय इकाइ रहन नहुने बताइन् । माओवादीकै अर्की सांसद पूर्णा घर्तीमगरले सरकारले शिक्षकहरुसँग संविधान विरोधी मागको लागि सम्झौता गर्न नहुने बताइन् । स्थानीय तहमाथि पनि प्रश्न गर्दै उनले भनिन्, ‘शिक्षकहरु पालिकाबाट प्रताडित भएर आन्दोलिन भएका त होइनन ?’

कांग्रेस सांसद प्रदिप पौडेलले संविधानमा उल्लेख भएका कुरा बटमलाइन भएको भन्दै संघीयताको विरुद्धमा हुने ऐन नआउने बताए । सरकारले स्थानीय तहको अधिकार विपरीत ऐन टेबल गर्दा संघीयता बदनाम भइरहेको समेत पौडेलले बताएका थिए । कांग्रेसकी सांसद प्रतिमा गौतमले संघीयता बलियो हुनेगरी कानुन बनाउने भन्दै संविधान अनुसार संशोधन प्रस्ताव गर्ने बताएकी थिइन् । कांग्रेसकै अर्की सांसद कुसुम थापाले सरकारले स्थानीय तह र शिक्षक बिच बेमेल हुनेगरी ऐन ल्याउन नहुने बताइन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैह्रेले संविधान अनुसार नै ऐन बन्ने बताएका छन् ।
कार्यक्रममा स्थानीय शासन विज्ञ कृष्णप्रसाद सापकोटाले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता संविधान विपरीत भएको बताए । संविधानले नचिनेको जिल्लाका संरचनाहरु कटौती नगर्दा अनावश्यक खर्च भइरहेको भन्दै उने भने, ‘बजेटमा आफैंले खारेज गर्छु भनेको संरचना समेटेर सरकारले ऐन टेबल गरेको छ । अहिले पनि बजेट पठाइरहेको छ, खारेज किन गर्न नसकेको ?’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
सदनको अवरोध हटाउनेबारे सभामुख र प्रचण्डबीच छलफल
प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन