प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
२६४ पटक हेरिएको
Shares
प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

सारांश

  • प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ ।
  • नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा.
  • स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।

१ जेठ, काठमाडौं ।

प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।

प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आ–आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए । प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित गरेको हो । बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गर्नेमा नेकपा एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू छन् ।

एमालेबाहेक बाँकी तीन दलले सुरूमै बैठक बहिष्कार गरेका थिए । कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै विरोध जारी राखे । विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा जबाफ दिन सुरू गरे । उनको जबाफ सकिएपछि नेकपा एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन् । त्यसपछि नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो । यही वैशाख २८ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
महोत्तरीमा एक युवतीको शव फेला
महोत्तरीमा एक युवतीको शव फेला
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो
‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’