Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
४० पटक हेरिएको
Shares
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?

सारांश

  • उनले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट निरन्तर रूपमा विभिन्न खालका आरोप र टीकाटिप्पणी हुन थालेपछि बाध्य भएर बोलेका हुन्।
  • केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं टावरको नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति पनि आक्रोश व्यक्त गरे।
  • ‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो।

काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरका बारेमा बोलेका छन्। उनले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट निरन्तर रूपमा विभिन्न खालका आरोप र टीकाटिप्पणी हुन थालेपछि बाध्य भएर बोलेका हुन्। केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं टावरको नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति पनि आक्रोश व्यक्त गरे।

‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो। मैले नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’  उनले भने,’ ‘म फेरि पनि भन्छु। मैले पहिलाका निर्णयलाई निरन्तरता मात्रै दिएको हो। त्यसमा मेरो दोष छैन। सम्बन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानून र प्रक्रियामा दोषी प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु तर अहिले जुन ढंगबाट लाञ्छना लगाउने काम भएको छ त्यो गलत छ।’  प्रमुख प्रशासकीय अधिकृतले भने जस्तै काठमाडौं टावरको नक्सा स्वीकृतको कागजपत्र हेर्ने हो भने तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सम्बोधन गरेर उठाएको फाइल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हस्ताक्षर गरेर ‘नगर प्रमुखज्यू पेस भए बमोजिम जरिवाना तोक्न निर्णय प्रस्तुत गरेको छु’ भन्दै २०८० मंसिर २७ गते मेयर बालेन शाहलाई पठाएको देखिन्छ।

उक्त  फाइल मेयर शाहकोमा पुगेपछि शाहले पुस २ गते पाँच लाख जरिवानासहित स्वीकृत गरेको देखिन्छ। त्यही फाइल नयाँ प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले स्वीकृत गरेको प्रष्ट हुन्छ।  गुरागाईंले स्वीकृत गरेको फाइलमा समेत ‘मिति २०८०/९/०२ गतेको श्रीमान नगर प्रमुखज्यूले रु ५, ००००० (पाँच लाख) जरिवाना गर्ने निर्णय र मिति २०८०/९/०५ गतेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कानून अनुसार नक्सा स्वीकृतका लागि पेस गर्ने भन्ने आदेश अनुसार नक्सा स्वीकृत’ भनेर उल्लेख गरिएको छ।  प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफ्ना तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै आफ्ना कारणले बजेट रोकिनु नहुनेमा जोड दिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट
मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
काठमाडौं महानगरले पूर्वराजा शाहलाई तोक्यो झण्डै ७ लाख ९३ हजारको जरिवाना
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
भरतपुर महानगरपालिकाले दियो ४३८ जना विद्यार्थीलाई छात्रवृत्ति
भरतपुर महानगरपालिकाले दियो ४३८ जना विद्यार्थीलाई छात्रवृत्ति
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने