अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

सारांश

  • अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
  • हेलिकप्टरमा पाइलटमात्र सवार थिए ।
  • उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।

२८ साउन, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी  भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।  प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो । प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो । त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो । स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
शक्तिशाली भूकम्पपछि रुसमा ज्वालामुखी विस्फोट
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)
सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)
चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु