बोहराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता दीपक बोहराको निधनले नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएको छ।
- मंगलबार बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले दु:ख व्यक्त गर्दै यस्तो बताएको हो।
- राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शोक बक्तव्य जारी गर्दै सांसदसमेत रहेका बोहराको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका हुन्।

१९ चैत,काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता दीपक बोहराको निधनले नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएको छ। मंगलबार बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले दु:ख व्यक्त गर्दै यस्तो बताएको हो। राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शोक बक्तव्य जारी गर्दै सांसदसमेत रहेका बोहराको निधनले पार्टीलाई अपुरणीय क्षति भएको

बताएका हुन्। ‘बैठकले वरिष्ठ नेता बोहोराको निधनप्रति गहिरो दु:ख व्यक्त गर्द भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको छ,’ श्रेष्ठले जारी गरेको शोक बक्तव्यमा उल्लेख छ, ‘राप्रपा निर्माणमा उहाँको योगदान सदैव स्मरण गरिनेछ। राप्रपा शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ।’



प्रतिक्रिया