Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मलंगवामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
५५ पटक हेरिएको
Shares
मलंगवामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

सारांश

  • सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका छन्।
  • दुर्घटना मलंगवास्थित किसन ड्राइभिङ ट्रायल सेन्टर अगाडि भएको हो।
  • प्रहरीका अनुसार, मलंगवाबाट कबिलासीतर्फ जाँदै गरेको मे ४ प ७२८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको BR-06BP 6525 नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएको हो।

 

२२ मंसिर, सर्लाही । सर्लाहीको नवलपुर-मलंगवा सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटना मलंगवास्थित किसन ड्राइभिङ ट्रायल सेन्टर अगाडि भएको हो।

प्रहरीका अनुसार, मलंगवाबाट कबिलासीतर्फ जाँदै गरेको मे ४ प ७२८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको BR-06BP 6525 नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएको हो। दुवै मोटरसाइकलमा दुई- दुई जना सवार चारै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?