Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
५८ पटक हेरिएको
Shares
बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु

सारांश

  • जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
  • मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो।
  • दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

 

२८ पुस, काठमाडौं ।

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो। दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए।  उनले भने, ‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन।’ जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन। अन्य सबै घाइते रहेको बुझिएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु
कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृ*त्यु
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृ*त्यु
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय