मधेश प्रदेशमा सामा–चकेवा पर्वको रौनक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
मधेश प्रदेशमा सामा–चकेवा पर्वको रौनक

सारांश

  • छठको एक दिन पूर्व गरिने खरना विधिको दिनबाट ‘सामा–चकेवा’ पर्व प्रारम्भ भएको छ ।
  • धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्व मध्ये अत्यन्त लोकप्रिय पर्व मानिन्छ ।
  • दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना सहित गीति शैलीमा गाउँदै खेल्दै रामाउँदै लोक पर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ ।
१६ कात्तिक,सर्लाही

छठको एक दिन पूर्व गरिने खरना विधिको दिनबाट ‘सामा–चकेवा’ पर्व प्रारम्भ भएको छ । धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्व मध्ये अत्यन्त लोकप्रिय पर्व मानिन्छ । दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना सहित गीति शैलीमा गाउँदै खेल्दै रामाउँदै लोक पर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ ।

नौंदेखि एघारौं दिनसम्म खेलिने उक्त पर्वमा चंगेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामा, चकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझदेखि मध्यरात दिनसम्म खेलिने परम्परा छ । सर्लाही सहित तराई मधेशका अधिंकाश गाँउमा समाचकेवा पर्वको रौनक छाएको छ । चेलीबेटी र माइती पक्षका बीच रहेको अटूट श्रद्धा एवम् प्रेमको प्रतीक सामा–चकेवा पर्व मनाउने गर्दछन् । सामामा खेलिने क्रममा गाइने लोकगीतले भाषा संस्कृति तथा परम्परालाई जोगाएको चन्द्रपुर ६ का कमलेश चौधरीले बताए । उनका अनुसार दाजुभाइ र दिदीबहिनी प्रतिको प्रेम दर्शाउने यो पर्व हो ।

सामा–चकेवा’ लोकपर्वको शुभारम्भ द्वापरयुगमा भगवान कृष्णको समयदेखि नै भएको मानिन्छ ।द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षाल्लास र लोकाचारका साथ मनाउने यस पर्वमा विशेष गरी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन् । दश दिनसम्म सामाचकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामाचकेवालाई पुनःबनाउने रङरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामाचकेवालाई दहीचिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर
प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर