अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षको वैशाखसम्मको अवधिमा एक हजार पाँच सय ६४ उजुरी परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले कार्यालय मातहतका जिल्लामध्ये रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहमा सबैभन्दा धेरै उजुरी आउने बताउनुभयो ।
  • ‘‘चालु आवको १० महिनामा रौतहटका स्थानीय तहसम्बन्धी चार सय ३० उजुरी दर्ता भएका छन्,’’ उहाँले भन्नुभयो,‘‘दोस्रो धेरै उजुरी पर्नेमा बारामा तीन सय ९७ र पर्सा जिल्लामा तीन सय ५२ वटा उजुरी परेका छन् ।

 

५ जेठ, पर्सा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षको वैशाखसम्मको अवधिमा एक हजार पाँच सय ६४ उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले कार्यालय मातहतका जिल्लामध्ये रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहमा सबैभन्दा धेरै उजुरी आउने बताउनुभयो । ‘‘चालु आवको १० महिनामा रौतहटका स्थानीय तहसम्बन्धी चार सय ३० उजुरी दर्ता भएका छन्,’’

उहाँले भन्नुभयो,‘‘दोस्रो धेरै उजुरी पर्नेमा बारामा तीन सय ९७ र पर्सा जिल्लामा तीन सय ५२ वटा उजुरी परेका छन् । ’’ कार्यालय मातहत चालु आवमा सबैभन्दा कम उजुरी भने रामेछाप र रसुवा जिल्लामा परेको छ । जहाँ १० महिनामा तीन–तीन वटा मात्रै उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले स्थानीय तहमा विधिको शासन र सुशासन कायम राख्न जरुरी रहेको बताउनुभयो । ‘‘मधेश प्रदेशका स्थानीय तहमा भएका विकृतिको उजुरीको सङ्ख्या उच्च रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘स्थानीय तहले सुशासन कायम गर्दै यहाँ देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्न आवश्यक भइसकेको छ ।’’ उहाँले अख्तियारमा उजुरी पर्दैमा डराउन नपर्नेसमेत धारणा राख्नुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरै खालका उजुरी आउने गरेको बताउनुभयो । ‘‘स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियामा उजुरी धेरै आउने गरेका छन्,’’ उहाँले भन्नुभयो,‘‘ गलत इष्टिमेट तयार पार्ने ।

खरिद प्रक्रिया र कानुनको परिपालन गर्ने संस्कारको निकै कम देखिएको छ,’’ उहाँले भन्नुभयो,‘‘ उपभोक्ता समितिले जिम्मा लिएको काम अर्काे ठेकेदारमार्फत काम गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ ।’’ गत आवमा कार्यालय मातहतका १२ जिल्लामा नौ सय १८ वटा उजुरी अख्तियारमा परेका थिए । नायब प्रहरी उपरीक्षक श्रेष्ठले अख्तियार कार्यालय हेटौँडाले चालु आवको १० महिनामा एक हजार ३९ वटा उजुरी फछ्र्याैट गरेको जनाएको छ । जबकी गत आवभरिमा भने चार सय ५४ वटा उजुरी फछ्र्याैट गरेको थियो । कार्यालयका अनुसार चालु आवको १० महिनामा पाँच सय २५ उजुरी फछ्र्याैट गर्न बाकीँ छ, भने गत आवको पनि चार सय ६४ उजुरी फछ्र्याैट गर्न बाँकी छ । हेटौँडा कार्यालय मातहत मधेश प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका नौ जिल्ला पर्ने गर्छन् । जसमा रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपालाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट र रामेछाप जिल्ला पर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी
बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य