अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
८५ पटक हेरिएको
Shares
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

सारांश

  • अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ ।
  • अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने विश्वको पहिलो देश बनेको छ ।
  • आज देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुकजस्ता साइटहरू खोल्न दिने छैन ।

२४ मंसिर, काठमाडौं ।

अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ । अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने विश्वको पहिलो देश बनेको छ । आज देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुकजस्ता साइटहरू खोल्न दिने छैन ।  सरकारले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई लिएर यो कदम चालेको बताएको छ ।  यो नियम उल्लंघन गर्ने कम्पनीहरूलाई ठूलो परिमाणमा जरिबाना तिर्नुपर्ने सरकारले बताएको छ ।

नोभेम्बर २०२४ मा पारित कानुनको उल्लंघन गर्ने कम्पनीहरूलाई ४.९५ करोड अस्ट्रेलियाली डलरसम्मको जरिबाना लगाउन सकिन्छ । बालबालिकाको अनलाइन सुरक्षालाई लिएर अन्य धेरै देश पनि यस्तै उपायहरूमाथि गम्भीरतापूर्वक विचार गरिरहेका छन् । अमेरिकामा के छ ? अमेरिकामा लागु भएको एक कानुनले कम्पनीहरूलाई १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको छ ।

धेरै अमेरिकी राज्यहरूले सामाजिक सञ्जाल चलाउनका लागि माता–पिताको अनिवार्य सहमति लिन कानुन बनाएका छन् । तर, त्यहाँ उनीहरूले अभिव्यक्तिको स्वतन्त्रताको अधिकारका कारण कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ । युरोपमा के छ कानुन ? युरोपेली संसद्ले नोभेम्बरमा एक प्रस्ताव पारित गर्‍यो, जसमा सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा १६ वर्ष गर्ने सिफारिस गरिएको छ ।

पूरै ईयूमा १३ वर्षको डिजिटल आयु सीमा र भिडियो–सेयरिङ सेवाहरू तथा एआई प्रयोगमा १३ वर्षको सीमा तय गर्ने तयारी गरिएको छ ।

ब्रिटेन
२०२३ मा पारित ‘अनलाइन सेफ्टी एक्ट’ले सामाजिक सञ्जाल कम्पनीहरूमाथि कडाइ बढाएको छ । यसपछि हानिकारक सामग्रीबाट नाबालकहरूलाई बचाउन कम्पनीहरूलाई उमेरमा आधारित उपायहरू अबलम्बन गरिएको छ ।

यद्यपि, सामाजिक सञ्जालको प्रयोगका लागि ब्रिटेनमा अहिले कुनै उमेरको सीमा निर्धारित गरिएको छैन ।

जर्मनीमा थप कडाइको आवश्यकता
हाल जर्मनीमा १३ देखि १६ वर्षका किशोरकिशोरीहरूले सामाजिक सञ्जालको प्रयोग तब मात्र गर्न सक्छन्, जब उनीहरूका माता–पिताले सहमति दिन्छन् । तर, धेरै विज्ञहरूको भनाइमा जर्मनीमा हालको नियन्त्रण पर्याप्त छैन ।

डेनमार्क
डेनमार्कले यसै वर्ष नोभेम्बरमा त्यहाँ १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने घोषणा गरेको छ । १३ वर्षसम्मका बालबालिकालाई अभिभावकले अनुमति दिन सक्छन् । यसलाई संसद्को समर्थन मिलिसकेको छ ।

इटाली 
इटालीमा १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाताका लागि अभिभावकको अनुमति चाहिन्छ । १४ वर्षपछि सहमति आवश्यक छैन ।

चीन
चीनमा ‘माइनर मोड’ प्रणाली लागु छ । यस अन्तर्गत उमेरको आधारमा स्क्रिन टाइम सीमित गर्नका लागि डिभाइसहरू र एपहरूमा पनि खास किसिमका नियन्त्रणका विकल्पहरू रहेका छन् ।

मलेसियामा पनि कडाइ
मलेसियाले नोभेम्बरमा सन् २०२६ देखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

फ्रान्स
फ्रान्सले सन् २०२३ मा एक कानुन पारित गर्‍यो जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाता बनाउनका लागि अभिभावकको सहमति लिन जरुरी छ । तर, हाल प्राविधिक जटिलताहरूको कारणले यसलाई लागु गर्नमा कठिनाइ आइरहेको छ ।

नर्वेको नियम
नर्वेमा सन् २०२४ मा सामाजिक सञ्जाल प्रयोग गर्ने न्यूनतम उमेर १३ बाट बढाएर १५ वर्ष गरियोस् भन्ने प्रस्ताव पारित भइसकेको छ । जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकसँग अनुमति लिनुपर्नेछ । सरकार अहिले १५ वर्षको न्यूनतम आयु सीमालाई अनिवार्य बनाउने कानुन तयार गरिरहेको छ ।

टेक कम्पनीहरूका आफ्नै नियम
टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता प्लेटफर्महरू आफैँमा कम्तीमा १३ वर्षका प्रयोगकर्ता चाहन्छन् । तर, विज्ञहरूको भनाइमा यी प्लेटफर्महरूमा यसलाई कडाइका साथ लागु गरिएको छैन ।

धेरै युरोपेली देशहरूका आधिकारिक तथ्यांकहरूले १३ वर्षभन्दा कम उमेरका धेरै बालबालिका सामाजिक सञ्जाल प्रयोग गरिरहेको बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त