Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

६ महिनामा साढे २० अर्बको धानचामल आयात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
६ महिनामा साढे २० अर्बको धानचामल आयात

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ ।
  • भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।
  • चालु आव पुससम्म ४ अर्ब २७ करोड १२ लाखको बासमती चामल आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाखमात्र थियो ।

 

८ माघ, काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो । चालु आव पुससम्म ४ अर्ब २७ करोड १२ लाखको बासमती चामल आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाखमात्र थियो ।

त्यसैगरी अन्य अर्ध–पालिस वा पूर्ण पालिस गरिएका चामल आयात पनि उल्लेख्य बढेको छ । गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँको यस्तो चामल भित्रिएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख पुगेको छ । प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने सामान्य गिरावट आएको छ । गत वर्ष ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष ९ अर्ब ८७ करोड ९ लाख र परिमाण २७ करोड ७ लाख किलोमा झरेको छ । यसैगरी बिउका लागि प्रयोग हुने धान आयात भने यस वर्ष बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष ६० किलो बिउका लागि जम्मा ४ हजार रुपैयाँमात्र बाहिरिएको थियो ।

गत वर्ष पहिलो ६ महिनामा जम्मा १७ लाख ५४ हजार रुपैयाँको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार बराबरको कनिका नेपाल भित्रिएको छ । तथ्यांक अनुसार आयात मूल्य बढे पनि सरकारले संकलन गर्ने राजस्वमा भने गिरावट आएको छ । गत वर्ष धानचामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख बराबर राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाखमा खुम्चिएको छ । मुलुकभित्र उत्पादन बढाउने सरकारी नीति भए पनि मुख्य खाद्यान्नमा परनिर्भरताको दर झन् बढ्दै जानुले अर्थतन्त्रमा थप चुनौती थपेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली
नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल