डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना

सारांश

  • पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परे ।
  • अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए ।

२७ भदौ , कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परे ।Worldlink adsअन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेदको मुद्दालाई लिएर महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।राधिका र उनका श्रीमान जहरसिँहबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो । राधिकाले यसअघि पनि मौखिक रूपमा जहरसिंहविरुद्ध तीनपटकसम्म जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन्। हत्याको दिन पनि राधिका जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेकी थिइन् ।श्रीमान्‌सँग बस्न सक्दिनँ, मेरो सरसामान श्रीमान्‌ले दिए म अन्तै गएर बस्छु भन्दै उनी प्रहरीमा पुगेकी थिइन् । प्रहरीले थप अनुसन्धान गर्दा उनीहरुको डिभोर्सको मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको पाएको जनाएको छ । अन्य मुद्दा नहाल्ने र सम्बन्ध विच्छेदकै प्रक्रिया अगाडि बढाउने राधिकाकै चाहनाले कारबाही प्रक्रिया अगाडि नबढाइएको प्रहरीले जनाएक छ । प्रहरीले जहरसिंहविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गर्न सुझाव दिँदा राधिकाले भने सम्बन्ध विच्छेद गर्छु, मुद्दा हाल्दिनँ भन्दै नमानेको प्रहरीको भनाइ छ ।तर, जहरसिंहले अदालतको आदेश नआउँदासम्म सँगै बस्ने भन्दै राधिकालाई छाड्न मानेका थिएनन् । राधिका व्यवसाय गर्दै आएकी थिइन् भने विदेशाटछ आएपछि उनका श्रीमान करिब १ वर्षदेखि बेरोजगार थिए ।जहरसिंह भने लामो समय कतारमा बसेर आएका थिए भने पछिल्लो समय डिप्रेसनको औषधिसमेत सेवन गरिरहेको पाइएको प्रहरीले जनाएको छ । जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराको सिमरामा कर्फ्यू आदेश जारी
बाराको सिमरामा कर्फ्यू आदेश जारी
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा
बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण