Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
४८ पटक हेरिएको
Shares
डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना

सारांश

  • पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परे ।
  • अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए ।

 

२७ भदौ , कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परे ।Worldlink adsअन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको आरोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेदको मुद्दालाई लिएर महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।राधिका र उनका श्रीमान जहरसिँहबीच जिल्ला अदालत कास्कीका सम्बन्ध विच्छेदको प्रक्रिया पनि अगाडि बढिरहेको थियो । राधिकाले यसअघि पनि मौखिक रूपमा जहरसिंहविरुद्ध तीनपटकसम्म जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन्। हत्याको दिन पनि राधिका जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेकी थिइन् ।श्रीमान्‌सँग बस्न सक्दिनँ, मेरो सरसामान श्रीमान्‌ले दिए म अन्तै गएर बस्छु भन्दै उनी प्रहरीमा पुगेकी थिइन् । प्रहरीले थप अनुसन्धान गर्दा उनीहरुको डिभोर्सको मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको पाएको जनाएको छ । अन्य मुद्दा नहाल्ने र सम्बन्ध विच्छेदकै प्रक्रिया अगाडि बढाउने राधिकाकै चाहनाले कारबाही प्रक्रिया अगाडि नबढाइएको प्रहरीले जनाएक छ । प्रहरीले जहरसिंहविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गर्न सुझाव दिँदा राधिकाले भने सम्बन्ध विच्छेद गर्छु, मुद्दा हाल्दिनँ भन्दै नमानेको प्रहरीको भनाइ छ ।तर, जहरसिंहले अदालतको आदेश नआउँदासम्म सँगै बस्ने भन्दै राधिकालाई छाड्न मानेका थिएनन् । राधिका व्यवसाय गर्दै आएकी थिइन् भने विदेशाटछ आएपछि उनका श्रीमान करिब १ वर्षदेखि बेरोजगार थिए ।जहरसिंह भने लामो समय कतारमा बसेर आएका थिए भने पछिल्लो समय डिप्रेसनको औषधिसमेत सेवन गरिरहेको पाइएको प्रहरीले जनाएको छ । जहरसिंह यतिवेला प्रहरी नियन्त्रणमा छन् भने राधिकाको शव पश्चिमाञ्चल क्षत्रीय अस्पताल पोखरामा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुका एक नाबालक छोरा पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू हुँदै, यस्तो छ सम्भावित कार्यसूची
सदनमा हाम्रो विरोध जारी रहन्छ : रास्वपा प्रमुख सचेतक परियार
सदनमा हाम्रो विरोध जारी रहन्छ : रास्वपा प्रमुख सचेतक परियार
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी