Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
१३८ पटक हेरिएको
Shares
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ।
  • कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ ।

 

काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ओहोदाको प्रमाणपत्र पस्तुत
ओहोदाको प्रमाणपत्र पस्तुत
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने