सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन

सारांश

  •   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै ‘कर्णालीमाथिको अपमान सहन नसकिने’ चेतावनी दिएका छन् ।
  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबार सुरु भएको पार्टीको भ्रातृ संगठन वाईसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे ।
  • उनले भने, ‘हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्‍यौँ ।

२९ वैशाख, सुर्खेत । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै ‘कर्णालीमाथिको अपमान सहन नसकिने’ चेतावनी दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबार सुरु भएको पार्टीको भ्रातृ संगठन वाईसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे । उनले भने, ‘हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्‍यौँ । चीनसँगको सहकार्यबाट कर्णालीलगायत देशको उत्तरी सीमामा रहेका नागरिकका लागि आर्थिक अवसरको ढोका खोल्ने पहल गरियो ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद, अपमान र अन्याय गर्न खोजेको बताए । ‘खबरदार यसमा हामी कर्णाली जनतासँग मिलेर सरकारको यो रवैयाको विरोध गर्छौं,’ उनले भने । उनले ‘जनयुद्धकाल’मा कर्णालीको भूमिकालाई स्मरण गर्दै भने, ‘जनयुद्ध सुरु हुँदा हामीसँग दुईटा मात्र हतियार थिए । कर्णालीका योद्धाहरूले राज्यका हतियार कब्जा गरेर पार्टीलाई बुझाएपछि हामीसँग आवश्यक सम्पूर्ण हतियार भए ।’ कर्णाली क्षेत्र नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएको भन्दै उनले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैँ प्राथमिकता दिएको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा
अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक गर्छौं: मानवअधिकार आयोग
रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु
रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा