Press 4K
मंगलबार, ११ कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १, २०८२
|
|
४८ पटक हेरिएको
Shares
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय

सारांश

  • आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ।
  • निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो।
  • लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको छ।

 

काठमाडौं ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो। लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको छ। सङ्घीय गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यस गोष्ठीमा यसपटक आन्तरिक सुरक्षा भन्दा बढी निर्वाचन सुरक्षालाई प्राथमिकता दिइएको छ।

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुने स्पष्ट पारे। निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याइसकेको छ। साथै निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि–२०८२ पनि स्वीकृत भई कार्यान्वयनको चरणमा पुगेको छ।

सोही योजनाअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाएको जनाएको छ। यस निर्वाचनमा करिब ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजार हाराहारीमा सशस्त्र प्रहरी परिचालन हुनेछन्। मतदानस्थल सुरक्षाका लागि नेपाल प्रहरीले देशभरका मतदानस्थललाई जोखिमका आधारमा वर्गीकरण गरेको छ। प्रहरीका अनुसार दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० अति संवेदनशील मतदानस्थलका रूपमा पहिचान गरी सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ। सरकारले निर्वाचनलाई प्रभावमुक्त र विश्वसनीय बनाउन सुरक्षा संयन्त्रबीच समन्वय, सूचनाको आदान–प्रदान र द्रुत प्रतिक्रिया क्षमतालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
इरानविरुद्ध फेरि ठुलो आक्रमण गर्ने अमेरिका-इजरायलको तयारी
इरानविरुद्ध फेरि ठुलो आक्रमण गर्ने अमेरिका-इजरायलको तयारी
स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको ३१ लाख नगदसहित एक जना चिनियाँ नागरिक पक्राउ
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा
सिहरामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो
सिहरामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...